ताजा समाचार

वैशाख १९ गते २०७६

खाना पकाउने ग्याँसको दुईथरी मूल्य निर्धारण गर्न माग

सांसदहरुले खाना पकाउने ग्याँसको मूल्य दुईथरी मूल्य हुनुपर्ने माग राखेका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बैठकमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यवसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्न आग्रह गरेका हुन्।

व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेका कारण दुईथरी मूल्य कायम गर्नुपर्ने उनको गरे । यसअघि निलो र रातो रङ्गको ग्याँस प्रयोगमा ल्याइए पनि कमिसनको चलखेलका कारण सफल हुन नसकेको भन्दै अब भ्याट फिर्ता बैंकमार्फत हुनुपर्ने सांसद श्रेष्ठले बताएका छन् ।

कांग्रेस सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा मापदण्ड विपरीत रहेका पेट्रोल पम्प सरकारले किन हटाउन माग गरेका छन्। उनले कालिमाटीमा रहेको पम्प नजिकै खोलामा पुल बनेपछि पम्प सडकको बीचमै परेको भन्दै त्यसलाई हटाउन माग गरेका छन् ।