ताजा समाचार

वैशाख १९ गते २०७६

सवारी दुर्घटनामा छोरीको मृत्यु, बाबु घाइते

बुटवलको जितगढीमा सवारी दुर्घटनामा छोरीको मृत्यु भएको छ भने बाबु घाईते भएका छन् ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिदा बुटवल उपहानगरपालिका-१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको हो ।

ठक्कर दिएको आशंकामा लु२ख १९०३ र लु१ख ६२३३ नम्बरका दुईवटा टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।

बुबा घनश्याम भण्डारीसँग स्कुटर पछाडि बसेको अवस्थामा उनीहरूलाई पछाडिबाट टिपरले ठक्कर दिएको थियो। ठक्करबाट छोरी पुष्पाको घटनास्थलमै मृत्यु भएको र बाबु घनश्याम सामान्य घाइते भएको प्रहरीले जनाएको छ।