ताजा समाचार

वैशाख १८ गते २०७६

नेकपाका नेता चढेको कार अर्घाखाँचीमा दुर्घटनामा परेपछि

बुधबार नेकपाका नेता चढेको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्।

दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। नेकपाका नेताहरु चढेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही जादै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।