विमानस्थलमा नेपाली पहिचान झल्किने संरचना निर्माण गर्न निर्देशन


पोखरा क्षेत्रीय विमानस्थल र भैरहवाको गौतमवुद्ध विमानस्थलमा नेपाली पहिचान झल्किने खालको संरचना निर्माण गर्न निर्देशन दिएको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले दुबै विमानस्थलको अध्ययन गर्दा आयोजनाको डिजाइनमा नेपालीपन नदेखिएको भन्दै उपयुक्त स्थानमा नेपालीपन देखिने संरचना बनाउन निर्देशन दिएको हो ।

समिति सभापछि तारादेवी भट्ट, खिमकुमार विक, विमला राई पौड्याल, सरिता प्रसाईंले वैशाख ८ गतेदेखि दुई निर्माणाधीन विमानस्थलको स्थलगत अध्ययन गरेका थिए । बिहीबार आयोजित समितिको बैठकमा ती अध्ययनको प्रतिवेदन पेश गरिएको थियो ।

समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जग्गा अधिग्रहण समयमा गर्न समितिले सुझाव दिएको छ । त्यसैगरि गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि स्थानीय तहले सम्झौताअनुसार नदीजन्य सामग्री उपलब्ध नगराउँदा काममा ढिलो भएको पनि बताएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं