उत्तरी सिमावर्ती क्षेत्र कोरलानाकामा ३ वटै सरकारको ध्यान केन्द्रित हुन थालेको छ ।कोरलानाकामा चालु महिनामै एकपछि अर्को गर्दै संघ,प्रदेश र स्थानीय तहका मन्त्री देखि कर्मचारी र जनप्रतिनिधि पुग्न भ्याई नभ्याई भएको छ ।
चालु महिनाको पहिलो साता प्रतिनिधि सभाको एक अन्तराष्ट्रिय संम्वन्ध समितिको टोली कोरलानाका पुग्यो ।उनीहरु बन्दै गरेको चिनिया पूर्वाधार देखेर दङ्ग भए ।समथर सुख्खा पठारमा चिनको क्षेत्रमा देखिएको पूर्वाधार र नेपालको सुन्य पूर्वाधारले लज्जा माने ।यी सबै देखेपछि चाँडो नेपाल तर्फ पनि पूर्वाधार निर्माण गर्नुपर्ने प्रतिवेदन सरकारलाई बुझाउने प्रतिवद्धता समेत जनाए ।
यसै साता पनि गण्डकी प्रदेशका अर्थ मन्त्री किरण गुरुङ कोरला पुगे ।मुस्ताङका प्रदेश सांसद ईन्द्रधारा बिष्ट र महेन्द्रबहादुर थकालीसहित पुगेका उनले कोरलानाकाको बस्तुगत अध्ययन गरे ।धमाधम चिनतिर बनेको संरचना देखेर लोभ्भिएका अर्थमन्त्री गुरुङले चाँडै कोरलामा पूर्वाधार निमार्ण गर्न आवश्यक भएको बताए ।
नेपालतर्फ पनि पूर्वाधारका लागि प्रसस्त भएकाले यसप्रक्रियामा अघि बढ्न प्रदेशले पनि अग्रसरता देखाउने स्थानीयवासीलाई आश्वत पारे ।अर्थमन्त्री गुरुङ कोरलानाकाबाट फर्किन नभ्याउँदै गण्डकी प्रदेशकै ९ सदस्य प्रदेश मामिला संसदीय टोली पनि कोरला पुग्यो ।समितिका सभापति कृष्ण थापाको नेतृत्वमा मुस्ताङका सांसद बिष्ट र थकालीसहित सचिवालयका ३ कर्मचारीले समेत कोरलानाकाको अध्ययन अवलोकन गरे ।
आर्थिक वर्ष २०७६÷२०७७को बजेट अधिबेशनको पूर्वसन्ध्यामा प्रदेशका मन्त्री ,सांसद र कर्मचारीले अवलोकन गरेका हुन् ।कोरलानाकाको दशगजामा पूर्वाधार निर्माण गर्न राम्रो स्थान भएको अर्थमन्त्री गुरुङसहित अन्य टोलीले प्रतिक्रिया व्यक्त गरे ।संम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली देखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसअघिनै कोरलानाकाको भ्रमण गरेका थिए ।
सरकारले कोरलानाकामा पूर्वाधार निर्माणका लागि संम्वन्धित जिल्लाको सिडियोको अध्यक्षतामा ५ सदस्यीय जग्गा व्यवस्थापन समिति गरेको छ ।समितिमा नापी,मालपोत,बनडिभिजन र लोमान्थाङ गाउँपालिका छन् ।सरकारले समिति निर्माण गर्न राजपत्रमा सूचना प्रकाशित गरेर बाटो सहज बनाएको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।
गण्डकी प्रदेशको कोरला भ्रमणको नेतृत्व सांसद बिष्टले गरेका हुन् ।सरकारले कोरलानाकालाई लक्ष्य गर्दै राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक आयोजना अघि बढाएको अर्को सांसद महेन्द्रबहादुर थकालीले जानकारी दिए ।अहिले बेनी देखि कोरला १ सय ८६ किलोमिटर सडकको निर्माणकार्य द्रुत गतिमा चलिरहेको छ ।
आयोजनाले जोमसोम देखि कोरला ८० प्रतिशत र बेनी देखि जोमसोम ४० प्रतिशत काम संम्पन्न भएको जनाएको छ ।यस आयोजनामा पर्ने सडकमा ३४ वटा पुल निर्माणधिन र निर्माणको चरणमा छन् ।गौरवको आयोजनालाई थप स्तरोन्नति गर्न संघ सरकार संग थप १ अर्ब बजेट माग भईरहेको करिडोरले जनाएको छ ।




