सरसफाई गर्दा ४ शव फेला

सरसफाई अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प सफा गर्दै जादा ४ वटा शव फेला परेको छ ।

सगरमाथाको बेस क्याम्प सफाई गर्ने अभियानअन्तर्गत कार्यक्रम लिएर पुगेको टोलीले उक्त४ वटा शव फेला पारेका हुन् ।

बेस क्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

अभियानबाट अहिलेसम्म तीन हजार किलो फोहोर संकलन गरिएको र त्यसमध्ये करिब १ हजार किलो फोहोर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्रालयले जानकारी गराएको छ । वैशाख १ गतेदेखि सगरमाथाको बेस क्याम्प सफाई गर्ने अभियान सुरु गरिएको थियो ।