अर्मलामा ५४ यूनिट रगत संकलन

नेपाल रेडक्रस सोसाइटी पोखरा–१६ उपशाखाले अर्मलामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।

रिभर डेल वोर्डिङ स्कूलको व्यवस्थापनमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेले वर्षाको सिजनमा रगत अभाव वढ्ने हुनाले रक्तदान कार्यक्रमलाई विभिन्न ठाउँमा निरन्तरता दिन आवश्यक रहेको वताएका छन् ।

रेडक्रस उपशाखा १६ का उप सभापति कमल शर्माको संयोजकत्वमा आयोजित कार्यक्रमको सभापति कुल प्रसाद भट्टराई र सञ्चालन सचिव तारा अधिकारीले गरेकि थिइन् । रिभर डेल स्कूलका प्राचार्य विजय गुरुङले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

उपशाखा १६ ले ३८ पटक रक्तदान गर्ने राम वहादुर वानियाँ र राजेन्द्र कार्की यस्तै ३६ पटक रक्तदान गर्ने खिमलाल अधिकारी र ज्ञान बहादुर कार्कीलाई सम्मान प्रदान गरिएको संयोजक कमल शर्माले वताए ।