एनसेललाई अभिनेत्री रेखा थापाको चेतावनी

चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरूलाई आह्वान गरेकी छन्।

चलचित्र निर्मात्री समेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्चाउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसविरूद्ध युवाहरू अग्रसर हुनुको विकल्प नरहेको स्पष्ट पारेकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले करिब ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन्।

एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरूद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाइ छ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरे।

एनसेलले हाल करिब ४० अर्ब पूँजीगत लाभकर असुली गर्न बाँकी छ ।