पत्रकार शिवराज वस्ताकोटी (शिवदाई) लाई मातृशोक परेको छ । वस्ताकोटीकी आमा लिलावती वस्ताकोटीको ९३ वर्षको उमेरमा आफ्नै निवास भरतपुर १० गौतम चोकमा वुधवार विहान निधन भएको हो ।

स्वर्गिय लिलावती वस्ताकोटी ४ छोरा र १ छोरी छन् । उनको वुधवार दिउँसो देवघाट धाममा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । वहाँ विगत केहि महिना देखि थला पर्नुभएको कारण घरमै आराम गरिरहनु भएको थियो ।






