पहारी कुल संरक्षण समितिको क्यालेन्डर

पहारी कुल संरक्षण समितिको वार्षिक भित्तेपात्रो विमोचन भएको छ । पोखरा ६ बैदाममा २०७६ सालको शुभकामना प्रदान गर्दै समितिका अध्यक्ष गोविन्दराज पहारीले बन्धुत्वको भावना बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले पहारी दाजुभाईबीच एक आपसमा दुख र सुख साट्ने पद्दतिको विकास समितिले गर्दै आएको बताए । उनले पहारीको कुल मन्दिर फेवातालसँगै जोडिएकोले यस क्षेत्रलाई धार्मिक पार्कसहित पर्यटकीय गन्तब्य बनाउन सहयोग गर्ने बताए ।

समितिले नेपाल भरका पहारी बन्धुको हक हित, गरिब जेहेन्दार विद्यार्थीदेखि असायको सहयोगका लागि अक्षयकोष स्थापनासमेत गरेको छ । ७ लाख ६ हजार ५ सय रुपैयाँ रहेको अक्षय कोषबाट आउने ब्याजले सहयोग गर्दै आएको कोषाध्यक्ष परशुराम पहारीले बताए ।

कार्यक्रममा पोखरा ६ का अध्यक्ष तथा समितिका सचिव जगतबहादुर, समाजसेवी परशुराम, कुष्णकुमारी, गणेशराज, बद्रीनाथ, नारायण, डा. भरतराज पहारी लगायतले शुभकामना दिएका थिए ।