पोखरामा बम डिस्पोज गर्ने क्रममा सेना घाईते,घाईतेलाई काठमाडौ रिफर

कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि फेला परेको बम डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।

बम भेटिएको खबर पाउने वित्तिकै सेना पुगेर डिस्पोज गर्ने क्रममा बम विस्फोट हुँदा सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ । घाइते थापालाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं रिफर गरिएको छ ।

यसैबीच उता पोखराकै लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।

विप्लव समूहको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ भने सो क्रममा विभिन्न स्थानमा बम फेला परेका छन ,साथै केहि संकस्पद बस्तु भेटिएमा तुरुन्त प्रहरीलाई खवर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।