पत्रकार गिरीको अबिलम्व रिहाईको माग राख्दै हिमालपारी मुस्ताङमा धर्ना

ठगी मुद्धाको समाचार संम्प्रेषण गरेवापत पक्राउ परेका पोखराका क्रियाशिल पत्रकार एवं ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीको अबिलम्व रिहाईको माग राख्दै हिमालपारीको जिल्ला मुस्ताङ पनि प्रर्दशन भएको छ ।


नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले बिहिबार आयोजना गरेको उक्त कार्यक्रममा शाखाका एक दर्जन पत्रकारहरुले गिरीको रिहाई तथा पत्रकारप्रति भएको धरपकड बिरुद्ध जिल्ला प्रशासन कार्यालय मुस्ताङको मुलद्धारमा १ घण्टा धर्ना दिए ।


दिउँसो १२ बजे देखि १ बजे सम्म भएको शान्तिपूर्ण धर्ना कार्यक्रम भएको हो ।पक्राउ परेका पत्रकार अर्जुन गिरीलाई रिहा गर !बिद्युतीय कारोबार ऐन दफा ४७ र ४८ खारेज गर ! प्रेष स्वतन्त्रताको ग्यारेण्टी गर जस्ता नारा सहित जिल्लाप्रहरी कार्यालयबाट सुरु भएको पत्रकारहरुको समूह जिल्ला प्रशासन कार्यालयको अगाडी धर्नामा एकत्रित भएको महासंघ कोषाध्यक्ष नीरज थकालीले जानकारी दिए ।


महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले धर्ना कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए ।शाखा अध्यक्ष थकालीले बिद्यमान अवस्थामा शिङ्गो प्रेष र पत्रकारिता माथि चौतर्फी हमला भईरहेको उल्लेख गर्दे स्वतन्त्र,निश्पक्ष,सहज रुपमा पत्रकारीता गर्ने राज्यले प्रदान गरेको अधिकारमा कुठराघात भएको टिप्पणी गरे ।


उनले हालै ठगी मुद्धाको समाचार संम्प्रेष गरेका पोखरेली पत्रकार अर्जुन गिरी माथि भएको अन्याय शिङ्गो पत्रकारीता र प्रेष माथि चुनौति थपिएको उल्लेख गरे ।अध्यक्ष थकालीको अब सरकारले पत्रकारलाई दुख र सास्ती होईन निर्वाध प्रेष स्वतन्त्रताको ग्यारेण्टी गरिनु पर्ने जनाए ।
‘राज्यले पत्रकार र पत्रकारिताको घेरा साघुरो बनाउन खोज्दैछ ।बिद्युतीय कारोवार ऐनको दफा ४७,४८ खारेज गर्नुपछ ।अब सोधेर होईन स्वतन्त्र ढङ्गले पत्रकारीता गर्न पाउँनु पर्छ ।अध्यक्ष थकालीले भने ।’


यस्तै पत्रकार महासंघ मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईली प्रेष माथि भईरहेको अतिक्रमण रोकनु पर्ने बताए ।उनले अन्य जिल्लामा मात्र होईन पत्रकार माथि मुस्ताङमा पनि ज्यादती हुने गरेको स्मरण गरे ।संस्थापक अध्यक्ष रसाईली पत्रकार परेका अर्जुन गिरी प्रतिनिधि पात्र मात्र भएको उल्लेख गर्दै उनले पत्रकारलाई अप्ठ्यारो हुँने खालका ऐनका दफालाई संसोधन वा खारेज गर्नु पर्ने तर्क गरे ।उनले पक्राउ परेका पत्रकार गिरीलाई स–सम्मान रिहा गर्न माग गरे ।


मुस्ताङ शाखाको आयोजना भएको उक्त धर्ना कार्यक्रमको संञ्चालन शाखाका सहसचिव बिकास बिकले गरेका थिए ।