सेनाद्धारा अर्घाखाँचीमा बम डिस्पोज

अर्घाखाँचीमा सदरमुकममा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । बिहान ८ बजेतिरको समयमा बाटिकामा झुण्ड्याइएको अवस्थामा प्रहरीले फेला पारेको बम नेपाली सेनाले डिस्पोज गरेको हो ।

सदरमुकाम सन्धिखर्क चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको जिल्ला प्रहर िकार्यालय, अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार बम नेकपा विप्लवले राखेको अनुमान छ । उक्त स्थानमा सुरक्षा व्यवस्था अहिले थप कडा पारिएको छ ।