मुख्य समाचार

दश थरी तालिम लिएर फेरि हिँडेरै अमेरिका नजानुस्ः पौडेल

वडा कार्यालय, पालिका, प्रदेश, संघ, सामाजिक संघ, संस्थादेखि संघ सरकारसम्मले विभिन्न तालिम, प्रशिक्षण चलाइरहेका छन् । प्राविधिक सीप सिकाउने र यसबारे औपचारिक अध्यापन गराउने संघ, संस्था पनि निकै खुलेका छन् । तर, विभिन्न सीप सिकेर पनि विदेसिनेको संख्या घटेको छैन । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल युवा वर्गलाई सके उद्यमी बन्न त्यसो नभए रोजगार, स्वरोजगार बन्न आग्रह गर्छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र… पुरा पढौ

रुपातालबासी भन्छन्ः जग्गा फुकुवा नदिने भए मुआब्जा देऊ

कास्कीको रुपाताल छेउछाउका बासिन्दाले रोक्का जग्गा फुकुवा गरिदिन र सो नगर्ने भए मुआब्जा दिन माग गरेका छन् । रुपा पोखरा महानगरको तेस्रो ठूला र सुन्दर ताल हो । यहाँ सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले परियोजनालाई नचाहिने यकीन भएको रोक्का जग्गा फुकुवा गर्न माग गरेका हुन् । चौध वर्षदेखि रोक्का एक हजार चार सय ७२ रोपनी जग्गामध्ये परियोजनालाई चाहिने चार सय ७७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न… पुरा पढौ

रुसी सेनामा थप ७ नेपालीको ज्यान गयो

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ्, जाजरकोटका नवीन शाही, उदयपुरका पदम बहादुर शाही, झापाका गंगा राम अधिकारी, बाग्लुङ्गका जितबहादुर विक, बाँकेका संजय के।सी र रसुवाका सुन्दर मोक्तान छन्। रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउनका लागि सरकारले उच्च प्राथमिकता साथ कूटनीतिक पहल जारी राखेको मन्त्रालयले… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए । ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे । प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन्। उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष… पुरा पढौ

लेकसाइडको पार्कमा शौचालय लगायतका संरचना नबनाउन आदेश

पोखरा ६ को लेकसाइडमा भिएनवाइ पार्कमा बनाउन लागिएका शौचालयसहितका संरचनामा उच्च अदालत पोखराले रोक लगाइदिएको छ । न्यायाधीशद्धय मिलनकुमार राई र अमृतबहादुर बस्नेतको संयुक्त इजलाशले सो पार्कमा संरचना नबनाउन मंगलबार आदेश दिएको हो । गएको असार २७ गते अधिकारकर्मी अनिल थापासहित राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र सुजन बाटाजूले पार्कमा बनाउन लागिएका संरचना रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट दायर भएको भोलिपल्टै उच्चले तत्काललाई काम रोक्न… पुरा पढौ

गण्डकीसहित ३ प्रदेशका प्रदेश प्रमुख बर्खास्त

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । गण्डकीमा डिल्लीराज भट्ट प्रदेश प्रमुख बनेका छन् । सरकारले गण्डकीका पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएको हो । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । मधेशमा सुमित्रा भण्डारी, र सुदूरपश्चिममा नजिर मियाँ प्रदेश प्रमुख सिफारिस भएका छन् । नयाँ सबै प्रदेश प्रमुख एमाले निकट हुन् । पुरा पढौ

पोखराको स्थापना दिवसमा आधा दिन बिदा

पोखरा महानगरले आइतबार विविध कार्यक्रम गरी सातौँ स्थापना दिवस मनाउँदै छ । महानगरले आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिएको छ । स्थापना दिवसकै अवसरमा एकीकृत पर्यटकीय सूचना केन्द्र, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघरसहितको भवन शिलान्याश गरिएको छ । १० करोड लागतमा पोखराको पहिचान दिने खालको पोखरा भवन बनाइने महानगरका प्रमुख धनराज आचार्यले बताए । “महानगरको पहिचान दिने खालको पोखरा भवन बन्दै छ । तीन तले भवनमा… पुरा पढौ

५ मुक्तक

झुठको खेती गरेर भ्रमको अन्न फलाउछन् यहाँवास्तविक बिउ ओइलाउछ, नक्कली पलाउछन् यहाँयो भ्रान्त संसारमा भ्रमले नै पैसा, नाम, इज्जत कमाइने रहेछत्यसैले होला भ्रमकै व्यापार गरेर गुजारा चलाउछ्न् यहाँ । जाँदैनन् रोधीतिर अब डिस्को र बार धाउन थालेआफ्नै संस्कार मान्दैनन, सारा नयाँ अपनाउन थालेलगाउन छाडे लुंगी, चोलो, दुर्लभ भयो सलैजो र ठाडो भाकाजब सारा नेपालीले विदेशी पारा ल्याउन थाले । द्वापरका शकुनि एक थिए, अहिले अनेका छन्कलियुगमा त झन् बढी पाप… पुरा पढौ

महिला दिवसमा असहाय महिलालाई सहयोग

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पोखरामा फरक तरिकाले मनाइएको छ। कोपिला नेपालमा रहेका ४८ सहाराविहीन महिलालाई खाधन्न वितरण गरी उनीहरुसँग खाजा खाएर युवा संघमा आवद्ध महिलाले दिवस मनाएाक हुन् । नेतृ सरस्वती पुरीले महिला हिंस दिनानुदिन बढ्दै गरेको र घर स्कुलमा पनि महिला सुरक्षित नभएको भन्दै चिन्ता व्यक्तगरिन् । विष्णु सुवेदीले कठिन अवस्थाका महिलालाई राज्यले सघाउनुपर्ने बतायन् । कोपिला नेपाललाई सम्झिएर नारी दिवस मनाउन नेकपा एमालेमा समर्पित युवा महिला… पुरा पढौ

अमोर सेवाकी सञ्चालक कमलासहित १६ सम्मानित

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गर्ने १६ महिलालाई सम्मान गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको अमोर सेवा नेपाल (बाल गृह) की सञ्चालक सामाजिक अभियन्ता कमला पराजुली समारोहमा सम्मानित भइन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी, गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल लगायतले १६ जनालाई जनही नगद ५० हजार र सम्मानपत्रसहित सम्मान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं