मुख्य समाचार

प्रेमिकाकी छोरी बलात्कार अभियोगमा पूर्वसई पक्राउ

बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्वसईलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ। पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको छ। ती पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ… पुरा पढौ

आलाकाँचा जनप्रतिनिधिः कोही फरार, कोही गैरजिम्मेवार

देशकै ठूलो महानगर पोखरामा ३३ वडा छन् । एक सय ६५ निर्वाचित र आठ मनोनित गरी एक सय ७३ जनप्रतिनिधि छन् । पछिल्लो समय यी जनप्रतिनिधिको काममा भने प्रश्न उठ्न थालेको छ । केही वडाध्यक्षले अराजक तरिकाले निर्णय गर्न थालेका छन् भने केही जनप्रतिनिधि ठगीमा फरार छन् । पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार बाँदर नियन्त्रणका लागि भन्दै रुख काट्न सार्वजनिक सूचना जारी गरे । वडाको पुरुन्चौर क्षेत्रमा बाँदरको आतंक… पुरा पढौ

रोहित र रिखिरामलाई पुरस्कार

पोखरामा क्रियाशील पत्रकारद्वय रोहितराज पराजुली र रिखिराम जिसी पुरस्कृत भएका छन् । संघीय युवा तथा खेलकुद मन्त्रालयले उनीहरुलाई बुधबार आयोजित कार्यक्रममा जनही नगद २५ हजार र सम्मानपत्रसहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थ लगायतले उनीहरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेका हुन् । पराजुली नयाँ पत्रिका दैनिकमा आवद्ध छन् भने जिसी नेपालप्रेस डटकमका पोखरा संवाददाता हुन् । समारोहमा खेलकुद पत्रकारिता… पुरा पढौ

माधवलाई पुरस्कार, मीना र हुमलाई सम्मान

प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने गरिने प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्वअध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य… पुरा पढौ

लेकसाइड, खहरेमा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पोखरा ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रविण भट्टराईको मृत्यु भएको हो । खहरेचोकमा रहेको चिनिमाया भण्डारीको निर्माणाधीन घरमा तातोपानीको सर्बे गर्ने क्रममा ५ औँ तलाको लिफ्टबाट अचानक खस्दा पोखरा–८, रत्नचोक बस्ने भट्टराई गम्भीर घाइते बनेका थिए । मुक्ति इनर्जी प्रालिका इन्जिनियरसमेत भट्टराईलई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएकोमा उपचारका क्रममा दिउँसो साढे २ बजे निधन भएको कास्कीका… पुरा पढौ

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष काठमाडौंको सहकारी ठगीमा

सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका ११ जनाविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। ११ जनामध्ये अहिलेसम्म २ जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर… पुरा पढौ

जिबी, भूपेन्द्र र थानबहादुरविरुद्ध डिफ्युजन नोटिस

सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा ४ का अध्यक्षसहित तीन जनाबिरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नोटिस जारी गरेको हो । सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले… पुरा पढौ

श्रीस्वथानी व्रतकथा, लैङ्गिक विभेद र केही अनुउत्तरित प्रश्नहरु

“धर्म” दैवी वा अदृष्य शक्तिमा गरिने विश्वास, आस्था वा सद्भाव हो। धर्मका अनुयायीहरु ज्ञानको श्रोत भनेको धार्मिक गुरु, धार्मिक पुस्तक वा आत्मज्ञान भनी विश्वास गर्दछन।  धर्मको कुनै सिमा हुँदैन र धर्ममा हरेक प्रश्नको उत्तर हुन्छ भन्दछन। धार्मिक ग्रन्थ वा पुस्तकमा लेखिएका सबै कुराहरुलाई सहर्ष स्विकार गर्दछन। जीवन र जगतमा जे जस्ता घटना वा दुर्घटना हुन्छन ति सबै ईस्वरीय लीलाको रुपमा ग्र्हण गर्दछन। अर्को शब्दमा दैवको लीला, कर्मको लेखा, भाग्यको खेल,… पुरा पढौ

विभेदविरुद्ध लड्दा लड्दै ‘माननीय’

तनहुँको व्यास नगरपालिका वडा नम्बर १, अम्रेनीमा ४३ वर्षअघि जन्मिएका एक बालक जन्मदा शारीरिक रुपमा तन्दुरुस्त थिए । सात महिनाको हुँदा पोलियो रोग लाग्यो । पोलियोले एउटा हर कमजोर बनाइदियो । अहिले देब्रो खुट्टा नै छोटो छ । दलित परिवार यसै त नेपाल समाज व्यवस्थाको पिँचमा छ, त्यसमा पनि अपाङ्गसमेत बनेपछि अनेक हन्डर, ठक्कर खाँदै जीवनअघि बढ्यो । यसरी विभेदविरुद्ध लड्ने अघि बढ्नुभएका युवा पदमबहादुर परियार बिहीबार राष्ट्रियसभा सदस्य बन्नुभएको… पुरा पढौ

ढोरपाटनका मेयरविरुद्ध रेड कर्नर नोटिस जारी

कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको डेढ अर्ब र विभिन्न बैङ्कको ३५ करोड हिनामिना गरेको बताइन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हालसालै नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको बताए । “उहाँविरुद्ध नोटिस जारी भएको छ, चाँडै पक्राउ पर्नुहुनेछ । इन्टरपोलमार्फत उहाँको खोजी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं