पोखराका मेयर आचार्यलाई मातृशोक

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ । धनराजकी आमा जमुनादेवी आचार्यको मंगलबार ७२ वर्षमा निधन भएको हो ।

पोखरा ९ नयाँबजारमा रहेको निवासबाट शवयात्रासहित मंगलबार दिउँसो साढे ३ बजे तुलसीघाटमा जमुनादेवीको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । जमुनादेवीका श्रीमान, तीन छोरा र दुई छोरी छन् ।