मुख्य समाचार

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने अनुमति दिन आदेश

झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट हालेका थिए।  न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार चुडालको संयुक्त इजलासले फागुन १२ मा मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो। यही मुद्दाको सुनुवाइका लागि जाँदा प्रसाईँले निजी रूपमा राखिएका दुई… पुरा पढौ

आमसञ्चार विधेयक प्रमाणिकरण, प्रेस रजिस्टार नियुक्तिको बाटो खुला

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार २ विधेयक प्रमाणीकरण गरे । गण्डकी प्रदेशसभाले फागुन २१ गते पारित गरेका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भट्टले प्रमाणीकरण गरेका हुन् । आम सञ्चार विधेयक प्रमाणिकरण भएसँगै प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालय स्थापना र रजिष्ट्रार नियुक्तिको बाटो खुलेको छ । दुवै विधेयक चैत २ गते सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गरेका थिए । आमसञ्चार विधेयकमा… पुरा पढौ

श्रीमानको हत्या गर्न सुपारी दिने च्याङ्वासहित ४ पक्राउ

कास्की प्रहरीले आफ्नै श्रीमान्को हत्या गर्न रकम दिने महिलासहित हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोककी ३५ वर्षीया च्याङ्वा भनिने कान्छी लामासहित थप तीन जना पक्राउ परेका हुन् । जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बा बोल्दे घर भएका ३६ वर्षीय रामबहादुर थापाको हत्या गर्न रकम दिने थापाकी श्रीमती लामासहितलाई विभिन्न मितिमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।कान्छीलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा र धनबहादुर लामा, नवीन तामाङ भनिने फुर्वा… पुरा पढौ

पोखरामा मुख स्वास्थ्य दिवस मनाइयो

डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकीले बुधबार पोखरामा मुख स्वास्थ्य दिवस बनाएको छ । मार्च २० अर्थात् विश्व विश्व मुख स्वास्थ्य दिवसमा संस्थाले विविध कार्यक्रम गरेको हो । संस्थाले बिहान जनचेतनामूलक ्याली निकालेको छ । स्वस्थ मुख, स्वस्थ जीवनको आधार हो, मुखको खुसी र मुस्कानले जीवन नै खुसी बनाउँछ भन्ने नाराका साथ कार्यक्रम भएको हो । र्यालीका सहभागीले खाना खाईसकेपछि बिहान र बेलुका दाँत ब्रस गर्न आग्रह गरेका थिए । मुख… पुरा पढौ

पोखराका मेयर आचार्यलाई मातृशोक

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ । धनराजकी आमा जमुनादेवी आचार्यको मंगलबार ७२ वर्षमा निधन भएको हो । पोखरा ९ नयाँबजारमा रहेको निवासबाट शवयात्रासहित मंगलबार दिउँसो साढे ३ बजे तुलसीघाटमा जमुनादेवीको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । जमुनादेवीका श्रीमान, तीन छोरा र दुई छोरी छन् । पुरा पढौ

कास्कीमा मुक्तक मञ्चको शाखा, १७ गते खुला मुक्तक प्रतियोगिता

नेपाली मुक्तकको उत्थानका लागि क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति मातहत कास्की शाखा गठन भएको छ । राजकुमार आचार्यको अध्यक्षतामा गठित समिति ११ सदस्यीय छ । समितिको उपाध्यक्षमा विना ढुङ्गाना, सचिव सुसन पौडेल, कोषाध्यक्ष माधव सुवेदी र सहसचिवमा सुष्मा अधिकारी छन् । सदस्यमा करण कपुर, खनाल कृष्ण, विपना हमाल, प्रमिला पौडेल, अर्जुन चापागाई र सुदीप कुवँर छन् । भेलामा मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यले नेपाली मुक्तको उत्थान क्रियाशील संस्थाको… पुरा पढौ

पूरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने ओलीको संकेत

धनगढी । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको सुनाए । ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो… पुरा पढौ

पाहुनालाई चौबिसै घन्टा स्वागत गर्दै पोखरा

पोखरालाई आइतबार बिहान पर्यटनको राजधानी घोषणा गरिँदै छ । पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार चौबिसै घन्टा खुला गरिने भएको छ । शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले चौबिसै घन्टा खोल्ने अनुमति पाए पनि अरु बजार राति १० बजेपछि बन्द हुने गरेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले केही मापदण्ड पूरा… पुरा पढौ

सहिद स्कुलमा प्रधानमन्त्री, समस्या सुल्झाउने वाचा

तत्कालीन विद्रोही नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि सहिद, बेपत्ता, घाइते परिवारका बालबालिकाको शिक्षादीक्षाको सवाल पेचिलो बन्यो । जनयुद्धका बेला कम्युनको अभ्यास गरेको माओवादीले त्यस्ता बालबालिकालाई पढाउन देशभर पाँच विद्यालय चलाउने निर्णय ग¥यो । तीमध्ये एक विद्यालय पोखरा महानगरको वडा नम्बर १४ मझेरीपाटनमा खुल्यो । २०६६ मा स्थापना भएको मझेरीपाटनको सहिद स्मृति आवासीय विद्यालयमा अहिले तीन सय ५२ विद्यार्थी छन् । विद्यालयमा संरक्षणसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार सहिद स्कुल… पुरा पढौ

झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस

सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ताको भूमिकामा छन् ।  ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं