मुख्य समाचार

क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुभएकोको छ । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गर्नुभएको हो । साे अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गर्नुभयो । गोरखा जिल्लाको… पुरा पढौ

कामचलाउ मुख्यमन्त्री प्रेस रजिष्ट्रार नियुक्ति गर्ने दाउमा

अल्पमतमा रहेका बेला गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हतारमा गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रार नियुक्त गर्न खोजेको खुलेको छ । राजीनामा दिनुअघि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको थियो । राजीनामापछि पत्रकारमाझ पाण्डेले आफू नेतृत्वको सरकारले सुशासनका लागि उल्लेख काम गरेको दाबी गरे पनि उनको भनाइ र गराइमा तालमेल देखिएन । बुधबारको बैठकले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको… पुरा पढौ

पोखरा ६ मा जलारीलाई बञ्चित गरिएको तालिम सकियो

पोखरा महानगरपालिका वडा नम्बर ६ को महिला सञ्जालको आयोजनामा भएको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम बिहीबार सकिएको छ । महिला सञ्जाल वडामा कार्यक्रम सञ्चालनका लागि बनाइएको लुज फोरम हो । सो कार्यक्रममा सहभागी हुन गएका जलारी आमा समूहका प्रतिनिधिलाई जनप्रतिनिधि र सञ्जालका पदाधिकारीले फिर्ता पठाएका थिए । मंगलबार वडाकै कार्यक्रममा विभेद भोग्नु परेपछि जलारी समुदाय बुधबार डेलिगेसन गएको थियो । डेलिगेसन र दबाबपछि वडा कार्यालय भने महिला सञ्जालका सदस्यका लागि… पुरा पढौ

न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि… पुरा पढौ

जीवन माओवादी केन्द्र कास्की इन्चार्ज

नेकपा (माओवादी केन्द्र)कास्की इन्चार्जको जिम्मेवारी रामजी बराल ‘जीवन’ले पाएका छन् । पोखरा २२ का बासिन्दा बराल माओवादी केन्द्रीका केन्द्रीय सदस्य हुन् । पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ राजधानी बस्न थालेपछि जीवनले जिम्मेवारी पाएका हुन् । पार्टीका केन्द्रीय सदस्य बराललाई इन्चार्जको जिम्मेवारी दिइएको माओवादी केन्द्र गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले बताए ।२०४२ सालमा स्कुल इकाइ अध्यक्षबाट राजनीतिक यात्रा थालेका जीवनले ०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए । मशाल, एकता केन्द्र… पुरा पढौ

पोखरामा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा 'बाइक राइड' सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी,… पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीको राजीनामा, फेरि सरकार गठनका लागि कसरत गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत लिने समय सकिनु १ दिनअघि उनले राजीनामा दिएका हुन् । पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाए । विश्वसको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो… पुरा पढौ

बजारमा आइपुग्यो ‘गाउँको बाटो’

साहित्यकार दिनेश बस्नेतको नयाँ कृति ‘गाउँको बाटो’ सार्वजनिक भएको छ । मंगलबार भलाममा आयोजना गरिएको कार्यक्रममा समाजसेवीद्वय मना कार्की, रवि कार्की र साहित्यकार बस्नेतले संयुक्त रुपमा कृति साaर्वजनिक गरे । बालकविता सञ्चयन ‘गाउँको बाटो’ बस्नेतको पाँचौं कृति हो । समाजसेवी रविले बस्नेतका कृतिहरुमा स्थानीय परिवेशको चित्रणसहित बालमनोविज्ञान समेटिने गरेको जनाए । बालबालिकाका लागि लेख्नु भनेको बालबालिकालाई शिक्षित गर्नुभएको उल्लेख गरे । कवि बस्नेतले बालबालिकामा असल भावना, आशावादित र भविष्यको सम्भावना… पुरा पढौ

स्थानीय सरकारकै कार्यक्रममा जातीय विभेद

पर्यटनको राजधानी पोखराको मुख्य क्षेत्र लेकसाइडमै सोमबार जलारी समुदायले जातीय विभेद भोग्नुपरेको छ । फेवाताल किनारमा बसोबास गर्ने जलारी समुदायका महिलालाई पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भएको कार्यक्रममा सहभागितामा रोक लगाइएको हो । महिला सञ्जाल पोखरा ६ को आयोजनामा सोमबारबाट सुरु भएको उद्घोषण तालिममा सहभागी हुन गएका जलारी आमा समूहका प्रतिनिधिलाई जनप्रतिनिधि र सञ्जालका पदाधिकारीले फिर्ता गरिदिएका छन् । बबिता मल्ल सञ्जालकी अध्यक्ष छिन् । जलारी समुदायबाटै वडा… पुरा पढौ

माओवादी नेता कालीबहादुर खाम पक्राउ

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं