मुख्य समाचार

सरकार विरुद्धको रिट खारेज, गण्डकीको बहुमत ३०

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विरुद्धको रिट सोमबार खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासले निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरेको हो । उत्प्रेषणयुक्त परमादेशको सोमबार जारी संक्षिप्त आदेशमा सर्वाेच्चले ६० सदस्यीय प्रदेशसभामा सभामुखको भूमिका तटस्थ रहने प्रष्ट पार्दैे सरकार गठनका लागि बहुमत ३० प्रदेशसभा सदस्य हुने उल्लेख गरिएको छ । “सभामुखको पद तटस्थ र स्वतन्त्र रहने पद… पुरा पढौ

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ शिक्षक पक्राउ

कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार भएको परीक्षाको प्रश्नपत्र मोबाइलबाट आउट गर्ने पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका वर्ष ३७ का रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । उनीहरु दुवै जना शिक्षक हुन् । नाराणण र रामचन्द्रको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका र… पुरा पढौ

इलाम-२ मा मतगणना सुरु

प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको हो । इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पुरा पढौ

हेमजामा बस दुर्घटना, १९ जना घाइते

पोखरा बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा यात्रुबहाक बस शनिबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको गण्डकी मेडिकल कलेज र तीन जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बागलुङबाट तनहुँका लागि छुटेको ग१ख ९२९७ नम्बरको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको जनाए । साँझ… पुरा पढौ

किवानिजका युवाले चलाए बेरी लाउन्ज

पोखरा न्युरोडको लेखनाथ मार्गमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । केही महिनाअघि अनौपचारिक रुपमा सेवा सुरु गरेको बार शनिबार आयोजित समारोहमा नायिका वर्षा राउतले औपचारिक रुपमा उद्घाटन गरिन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखरामा आवद्ध युवाहरुको समूहले लाउन्ज सञ्चालन गरेको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिज पोखराका मन… पुरा पढौ

गण्डकीको अधिवेशन ७ गतेबाट, द्वन्द्व हुन सक्ने कांग्रेसको चेतावनी

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते शुक्रबारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते दिउँसो ३ बजेदेखि नियमित प्रदेश अधिवेशन आह्वान गरेका हुन् । सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्तावसमेत पेश गर्ने तयारी छ । विश्वासको मत लिन अधिवेशन आह्वान भए पनि राप्रपाले सरकारलाई समर्थन गर्ने÷नगर्ने निर्णय भइसकेको छैन । सभामुखले निर्णायक मतबाहेक मतदान गर्न नपाउने हुँदा सरकारलाई विश्वासको मत पाउने राप्रपाको समर्थन अनिवार्य… पुरा पढौ

‘प्रकट दाइ’ रहेनन्

पोखरेली साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । मंगलबार दिउँसो ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । पछिल्लो समय जन्मस्थान रुपा गाउँपालिकाको देउरालीमा फार्म र कजेट चलाउने तयारी गरेका पगेनी गीत, गजल, कविता लेख्थे, त्यतिमात्र होइन उनी राम्रा कलाकार पनि थिए । बुधबार बिहान सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित… पुरा पढौ

साहित्यकार प्रकट पगेनी अस्पताल भर्ना, अवस्था गम्भीर

साहित्यकार प्रकट पगेनी ‘शिव’को पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकाबाट भेन्टिलेटरमा उनको उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । रुपा गाउँपालिका वडा नम्बर ५, देउराली घर भएका शिवका गीत र गजलका कृति प्रकाशित छन् । साहित्यकार तीर्थ श्रेष्ठले पगेनीको अवस्था गम्भीर र स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए । पगेनीको फोक्सो र मिर्गाैलामा समस्या रहेको र अक्सिजन लेभल निकै कम रहेको… पुरा पढौ

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा… पुरा पढौ

माछापुच्छ्रेको करुवामा सेतीमा शव फेला

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ करुवाका २५ वर्षीय जगत पुनको शब सोमबार दिउँसो फेला परेको छ । शनिबार दिउँसो साढे २ बजेतिर घरबाट निस्किएका पुनको शव सोमबार घरभन्दा करिब तीन सय मिटर तल सेती नदीमा भेटिएको हो । घरभन्दा तल पुनले लगाएका चप्पल र कालो झोला फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले स्थानीय र आफन्तको समेत सहयोगमा खोजी गरेको थियो । कास्कीका प्रहरी प्रवक्ता प्रहरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं