मुख्य समाचार

सन्दीप विश्वकप खेल्न जाने

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउछ, क्यानका कोषाध्यक्ष पदम खड्काले भने । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । पुरा पढौ

सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले… पुरा पढौ

प्राइमका निवर्तमान अध्यक्ष निदेश, अध्यक्ष शंकरसहित ८ पक्राउ

पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मङ्गलबार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष पोखरा ४ बस्ने ६६ वर्षीय निदेशप्रसाद कोइराला र पोखरा १४ चाउथे बस्ने अध्यक्ष ४३ वर्षीय शंकर कार्की छन् । यसैगरी पोखरा ११ बस्ने सहकारीकी व्यवस्थापक… पुरा पढौ

नेपाली कम्युनिष्टहरु पुष्पलालको घरमा छुट्टभिन्न भएका दाजुभाइ !

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई नेपालका सबै कम्युनिष्ट पार्टीले सम्झन्छिन् । दुई दर्जन जति पार्टीमा बाँडिएका कम्युनिष्टमध्ये अधिकांश श्रेष्ठलाई मार्गदर्शक मान्छन् । सोमबार ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ को अवसरमा कास्कीका कम्युनिस्टहरुले श्रेष्ठको योगदान र भावी चुनौतीबारे छलफल गरे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कम्युनिष्टहरूमा रणनीतिक रुपमा दुविधा नभए पनि कार्यनीतिका कारण उनीहरु पछि पर्दै गएको टिप्पणी गरे । नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका अधिकारीले इतिहासबाट… पुरा पढौ

पोखरामा पार्किङ गरिएको बसमा सामूहिक बलात्कार, ३ पक्राउ

मंगलबार कास्की प्रहरीले सामूहिक बलात्कार आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९, कास्कीका ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँमा २९ वर्षीय विनोद परियार छन् । मंगलबार बिहान पोखराको अमरसिंहचोकको खेलकुद मैदानमा पार्किङ गरिएको ग१ख६५९५ नम्बरको बसबाट तीनै जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सोमबार राति एक महिलालाई खाजा खान जाऊँ भनी फकाएर पार्किङ गरी राखिएको बसमा लगी मदिरा… पुरा पढौ

नेकपा कास्की इन्चार्जमा आस्था सी, उमेश सेक्रेटरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी आस्था सी र सेक्रेटरीको जिम्मेवारी उमेश सीलाई दिएको छ । नेकपा प्रदेश संरचनामा गइसकेपछि पोखरामा बसेको प्रथम बैठकले प्रदेशभरको जिम्मेवारी तोकेको हो । अस्था संविधानसभा सदस्य हुन् भने उमेश खेलकुद र सामाजिक क्षेत्रमा समेत क्रियाशील व्यक्तित्व हुन् । नेकपाले म्याग्दी जिल्ला इञ्चार्जमा राजन सी, सेक्रेटरी अविरल सी, बाग्लुङ जिल्ला इन्चार्ज आजाद सी, सेक्रेटरीमा प्रसिद्द सी, स्याङ्जा जिल्ला इन्चार्जमा उभार सी र सेक्रेटरीमा… पुरा पढौ

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ । मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको… पुरा पढौ

उपेन्द्र यादवको पार्टी फुट्यो

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल बन्ने पक्का भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपामात्र राखिएको छ । विभाजनको पक्षमा ७ जना सांसद उभिएको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा छन् ।जसपाबाट अलगिएका अशोककुमार राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीकै कारण… पुरा पढौ

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा, कांग्रेस सर्वाेच्च जाने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा भएको छ । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गरे । पक्षमा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेसका २७ सदस्यले विपक्ष दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद तटस्थ बसे । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३०… पुरा पढौ

जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन् । हालै उपप्रधानमन्त्री स्तरको निर्णयबाट स्थापनाकालदेखीका संचालक समिति सदस्य रहेका राम भण्डारी संचालक समिति सदस्यमा नियुक्त भएका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जिपी कोइरालाको राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको संचालक समितिमा नियुक्त भण्डारी सो अस्पतालको नाममा जग्गा ल्याउन नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति हुन् । उनले सेती गंगा सामुदायिक अस्पतालको भवन र त्यहाका कर्मचारी ल्याएर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं