सोमबार दिउँसो पोखरा ८ जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् ।
दिउँसो पौने १ बजेतिर जाल्पारोडको एक घरको गेटमा शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती पुरुष शिशु शिशु हल्का बिरामी देखिए पनि ठूलो समस्या नरहेको र उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । शिशु २ वा ३ दिने रहेको प्रहरीले जनाएको छ ।




