मुख्य समाचार

पोखरा २० वडा कार्यालय निर्माणमा बिबाद : स्थानीयबीच कुटाकुट

पोखरा महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भवन निर्माणका लागि आगामी एक हप्ताभित्र सबै जनतालाई पायक पर्ने स्थानको खोजि गर्ने सहमति भएको छ। हाल निर्माणाधीन अवस्थामा रहेको भनिएको स्थानलाई अपायक रहेकाले सबै वडाबासीलाई पायक पर्ने स्थानमा वडा कार्यालय बनाइनुपर्ने भन्दै आन्दोलनरत आँटीघर(मौजाका जनतासंग पोखरा महानगरपालिकाद्वारा गठित सहजीकरण समितिले मंगलबार गरेको वार्तामा त्यस्तो सहमति भएको हो। मंगलबार दिउसो पोखरा ११ को वडा कार्यालयमा भएको दुई पक्षीय वार्तामा त्यस्तो सहमति भएको… पुरा पढौ

पृथ्वी राजमार्गः वर्षा नसकिई पोखरा क्षेत्रमा कालोपत्र नहुने

पोखरा महानगरबासी र महानगर हुँदै पृथ्वी राजमार्गबाट यात्रा गर्नेहरुले यो वर्षाभरि नै सकस व्यहोर्नुपर्ने भएको छ । अब कालोपत्रको काम वर्षा नसकिई नहुने भएको छ । एक सय ७४ किलोमिटरको पृथ्वी राजमार्गको करिब २० किलोमिटर कास्की क्षेत्रमा पर्छ । अहिलेसम्म चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । पोखरा—मुग्लिन सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले बिहीबार कालोपत्र सुरु गरी शुक्रबार लक्षित काम सकेको हो । सडक… पुरा पढौ

अलबिदा विनोदबाबु

पोखरा–२६, खरानेफाँट निवासी ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा यही जेठ ९ गते सगरमाथाको चौथो शिविर नजिकै ८ हजार २ सय ५ मिटर उचाइमा आइपुग्दा अचानक बिरामी भई दुखद निधन भएको थियो । बिनोदबाबुलाई शुक्रबार बिहान बिदाइ गरिएको छ । बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा ६ हजार १४५ मिटर अग्लो लोवुचे पिक आरोहण गर्नुभएको थियो । चाइनिज भाषामा राम्रो ज्ञान… पुरा पढौ

पाण्डे मुख्यमन्त्री नियुक्त, राप्रपा अहिले सरकारमा नजाने

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वाेच्चले परमादेश बमोजिम दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बनेको हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार पाण्डे नेतृत्वमा सरकार बनेको हो । उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले पाएको विश्वास मत अवैधानिक ठहर भएपछि… पुरा पढौ

कास्की प्रहरी प्रमुख थापा पुरस्कृत

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मोहनकुमार थापाका लागि जेठ १५ विशेष दिन हो । २० वर्षअघि त्यही दिन प्रहरी सेवामा प्रवेश गरेका थापाका लागि मंगलबार अझ विशेष बन्यो । गण्डकी प्रदेश सरकारले उनलाई गणतन्त्र दिवसमा ‘शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार’बाट सम्मान ग¥यो ।प्रदेश प्रमुख डिल्लीराज भट्टले थापालाई नगद २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् । थापालाई उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रदेश सरकारले पुरस्कृत गरेको हो ।… पुरा पढौ

जाल्पारोडमा वेवारिसे अवस्थामा नवजात शिशु फेला

सोमबार दिउँसो पोखरा ८ जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । दिउँसो पौने १ बजेतिर जाल्पारोडको एक घरको गेटमा शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती पुरुष शिशु शिशु हल्का बिरामी देखिए पनि ठूलो समस्या नरहेको र उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । शिशु २ वा ३ दिने रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

४८ घन्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । उनले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गरेको हो । अदालतले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले पाएको ३० मत बहुमत नभएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला गरेको हो… पुरा पढौ

खगराज पदमुक्त, सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गरेको छ । ६० सदस्यीय प्रदेशसभामा उनले ३० मत पाउँदा विश्वासको मत पाएको घोषणा भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीले पद गुमाएका छन् । अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका… पुरा पढौ

कोमलनाथ र मन्जिमालाई पुरस्कार

यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराल र ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मन्जिमा ढकाललाई प्रदान गरिने भएको छ । ‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक युवनाथ लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का र पत्रकार दीपेन्द्र रावलको निर्णायक मण्डलले राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बराललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिए । पोखरा २६ का बासिन्दा कोमलनाथले… पुरा पढौ

राष्ट्रिय सम्पदाको अध्यक्षमा ठाकुर, टेकनाथ सम्मानित

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो । टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं