मणिपाललाई कर छुट दिने निर्णय बदर

पोखरा महानगरले मणिपाल शिक्षण अस्पतालाई कर छुट दिने निर्णय बदर गरेको छ । आइतबार सुरु भएको नगरसभामा मेयर धनराज आचार्यले सुरुकै सो निर्णय बदर गर्न प्रस्ताव गरेका थिए ।

विस २०५३ मा बनेको बनेको मणिपाल शिक्षण अस्पताललाई महानगरको ०७९ चैत १० गते भएको बैठकले कर छुट दिने निर्णय गरेको थियो । बैकठले करिक २० करोड कर छुट दिएर १ करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो ।

मेयर आचार्यले सहरी योजना आयोगकका सदस्य डा होम गैरे, इन्जिनियर विमल भण्डारी र अधिवक्ता सुवदेव गौतम रहेको मणिपाल कर निर्धारण समिति गठन गर्न प्रस्ताव गरेका छन् ।