झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस

सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ताको भूमिकामा छन् । 

६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।