
धनगढी । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् ।
प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको सुनाए । ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त, ’ ओलीले भने ।
उनले गृहमन्त्री रवि लामिछानेको बचाउसमेत गरेका छन् । ओलीले आरोप लाग्दैमा कोही पनि दोषी नहुने बताए । लामिछाने कुनै सहकारीको सञ्चालक तथा सदस्य नरहेको ओलीले जिकिर गरे । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री सांसद सबै खाली हुने ओलीको भनाइ छ ।
रवि र उनको पाटी नेपाली कांग्रेसतिर नलागेकाले कांग्रेसले बदनाम गर्न र फसाउन खाजेको ओलीले आरोप लगाए । कांग्रेसले सरकारबाट हट्नु परेको पीडामा भनेको कुरालाई महत्त्व दिन आवश्यक नरहेको उनले बताए ।
नले कांग्रेससँग तत्काल कुनै गठबन्धन नहुने प्रस्ट पारे । प्रदेश सरकारका विषयमा छलफल भइरहेकाले यसबारे अहिले बोल्न आवश्यक नरहेको उनको टिप्पणी छ ।