दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने अनुमति दिन आदेश

झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट हालेका थिए।  न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार चुडालको संयुक्त इजलासले फागुन १२ मा मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो।

यही मुद्दाको सुनुवाइका लागि जाँदा प्रसाईँले निजी रूपमा राखिएका दुई जना अंगरक्षक दीपक खड्का र राजकुमार धिमाल अर्धस्वचालित हतियारसहित सर्वोच्च छिर्न खोज्दा पक्राउ परेका थिए। उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान भइरहेको छ।