मुक्तिनाथ जाँदै गरेकी पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाँदै गरेकी भारतीय महिलाको शनिबार लेक लागेर मृत्यु भएको छ ।

भारतको गुजरात घर भएकी ६५ वर्षीय जानी तरुना विनको लेक लागेर मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । सडक मार्गबाट बेनी हुँदै मुक्तिनाथतर्फ आउँदै गर्दा थासाङ १ टुकुचेमा आइपुग्दा उनलाई समस्या भएको थियो ।

उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मुस्ताङमा साउनदेखि यता लेक लागेर ८ जनाको मृत्यु भइसकेको छ ।