मुख्य समाचार

बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ : बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठौँ जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए । साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताए । हरेक… पुरा पढौ

मदिरा व्यवसायी महासंघमा सोनाम शेर्पा विजयी

नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्षमा सोनाम शेर्पा विजयी भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनबाट शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा उपाध्यक्षको भूमिकामा थिए । महासंघको नेतृत्वका लागि २ प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो । १ प्यानलको नेतृत्व सोनाम शेर्पाले गरेका थिए भने अर्को प्यानलको नेतृत्व अघिल्लो कार्यकालका महासचिव विष्णु खड्काले गरेका थिए । अध्यक्षका प्रत्यासी खड्कालाई ५९ मत अन्तरले पराजित गर्दै शेर्पा विजयी… पुरा पढौ

ट्रिपरमा फोहोर लगी कालीखोलामा फाल्ने टप्स बोर्डिङलाई ५० हजार जरिवाना

स्कुलको फोहोर ट्रिपरमा लगेर कालीखोलामा फाल्ने टप्प बोर्डिङ स्कुललाई ५० हजार जरिवाना गराइएको छ । शनिबार बेलुका आएको ट्रिपरले फोहोर फालेको स्थानीयले देखेपछि जनप्रतिनिधि, स्थानीय र नागरिक समाजको पहलमा टप्सलाई जरिवाना गर्ने निर्णय भएको हो । पोखरा १० रामघाटमा रहेको टप्स स्कुलले ट्रिपरमा हालेर फोहोर पोखराको २० अन्तर्गत कालीखोलाको भीरमा फालेको स्कुलका सञ्चालक रत्नमान गुरुङले जनप्रतिनिधिसँग स्वीकारेका छन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम स्कुललाई ५० हजार जरिवाना गराउने निर्णय… पुरा पढौ

कांग्रेसले १८ वर्षका युवालाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,लोकतान्त्रिक आन्दोलनलगायत विषयमा १८ वर्ष उमेरका युवालाई विशेष कार्यक्रम तर्जुमा गर्ने निर्णय गरेको हो । पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले वैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश… पुरा पढौ

किन हुदैछ नेकपा अध्यक्ष प्रचण्डको दोस्रो विवाह ?

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । अध्यक्ष प्रचण्ड र पत्नी सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो… पुरा पढौ

स्थानीय तहमा १० हजार कर्मचारी माग

देशभरका ७५३ स्थानीय तहले झण्डै १० हजारको संख्यामा नयाँ कर्मचारी माग गरेका छन् । स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग गरेका हुन् । साथै आकृति फारममार्फत रिक्त कर्मचारीको विबरण पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । माग भई आएका पदमा विभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृतस्तारका बढी छन् । देशभरका स्थानीय तहमा विभिन्न पदमा झण्डै १६ हजार दरबन्दी… पुरा पढौ

मुद्दा जिताइदिन्छु भनी घुस लिने पक्राउ

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्णकुमार पाठकलाई नियन्त्रणमा लिएको छ । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पाठकलाई सेवाग्राहीसँग ३ लाख घुसबापतको रकम लिदै गर्दा पक्रेको हो । पाठकलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी… पुरा पढौ

४ स्वकीय कर्मचारीको ठाउँमा आफ्नै नाम राखेर तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएको खुलेको छ । उनले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेका छन् । अहिले उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । तिमिल्सिनाले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसको गरेको संसद सचिवालय बताउँछ । तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी… पुरा पढौ

वर्षमा ७८ केजी अवैध सुन बरामद

२०७५ वैसाखदेखि चैत मसान्तसम्म प्रहरीले ७८ केजी सुन बरामद गरेको छ । ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि भएसँगै राजश्व बढेको तथ्यांकले देखाउने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । नेपाल प्रहरीले अवैधरुपमा भन्सार छली गरेर ल्याएका सामानसमेत बरामद गरेर राजस्व अनुसन्धान विभागलाई बुझाउँछ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लंघनको जरिवाना प्रकृति हेरेर बढीमा ३ गुणासम्म बढाउने तयारी भइरहेको छ । यातायात व्यवस्था विभागले ९… पुरा पढौ

पृथ्वी राजमार्गमा केही दिनमै मोबाइल अस्पताल

तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालले सो सेवा सञ्चालन गर्न लागेको हो । सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ । मोबाइल अस्पताल सेवा सञ्चालनका लागि मन्त्रालयले दमौली अस्पताललाई ५० लाख उपलब्ध गराउने भएको छ । पहिलो चरणमा सुविधा सम्पन्न एम्बुलेन्स, विभिन्न उपकरण खरीद गर्ने र अन्य प्राविधिक क्षेत्रमा खर्च गरिने दमौली… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं