ताजा समाचार

वैशाख २३ गते २०७६

बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ : बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठौँ जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए ।

साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताए । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनलेआग्रह गरे । उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए । उनले समृद्ध नेपाल निर्माणका लागि सरकारले काम गरिरहेको बताउनु हुँदै पहिलो वर्ष आधार वर्ष र दोश्रो वर्ष कार्यान्वयन वर्षका रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताए । सरकारले गफ गरेको भन्नेहरूप्रतिलक्षित गदै मन्त्री बाँस्कोटाले बोलेपछि मात्र काम हुने स्पष्ट पारे । उनले भने, ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ ।