ताजा समाचार

वैशाख २२ गते २०७६

४ स्वकीय कर्मचारीको ठाउँमा आफ्नै नाम राखेर तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएको खुलेको छ ।

उनले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेका छन् । अहिले उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।

तिमिल्सिनाले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसको गरेको संसद सचिवालय बताउँछ । तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । नयाँ पत्रिका दैनिक