ताजा समाचार

वैशाख २२ गते २०७६

कांग्रेसले १८ वर्षका युवालाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,लोकतान्त्रिक आन्दोलनलगायत विषयमा १८ वर्ष उमेरका युवालाई विशेष कार्यक्रम तर्जुमा गर्ने निर्णय गरेको हो ।

पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले वैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीका महाधिवेशन प्रतिनिधिले प्रदेशस्तरीय प्रशिक्षण गर्ने, कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयी उम्मेदवार, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्था र जनसम्पर्क समितिका सदस्यलाई प्रशिक्षण गर्ने भएको छ ।

यस्तै संघ प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा लोकतन्त्रका लागि काङ्ग्रेस भेला आयोजना गर्ने र समसामयिक राष्ट्रिय विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।