मुख्य समाचार

उपेन्द्र र बाबुरामको लगनगाँठो, नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल

संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आज (शनिवार) सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने छ । पार्टी एकताको घोषणासभा वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुनेछ ।‘विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजवादी फोरम नेपाल र… पुरा पढौ

नीति तथा कार्यक्रममा अरु के छ ? पूर्णपाठः

प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ। राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत् राज्य सञ्‍चालन गर्ने सङ्‍घीय लोकतान्‍त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्‍याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्णज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्‍जली अर्पण गर्दछु। राष्‍ट्रियता, राष्‍ट्रिय हित एवं… पुरा पढौ

आगामी आव इतिहासकै तीब्र विकासको वर्ष: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्ष नेपालको इतिहासकै तीव्र विकासको बर्ष हुने बताएकी छन् । सरकारका तर्फबाट संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् । उनले समृद्धिका लागि गत बर्ष उपलव्धि र उत्साहवद्र्धक रहेको भन्दै पहिलो बर्ष सुशासन र सम्बृद्धिको आधार तय भएको बताइन् । नीति तथा कार्यक्रममा अव सरकार सबैसँग सहकार्य गर्दै सवै क्षेत्रहरुमा उत्कृष्ट उपलव्धि हासिल गर्दै समृद्धिको… पुरा पढौ

अत्याधिक हावाहुरीका कारण विद्यालयहर बन्द

अहिले अत्याधिक हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय बन्द गरिएका छन् । जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयहरु बन्द गरिएको बताए। कावासोती नगरपालिकाका सबै विद्यालय बन्द भएका छन्। ठूलो हावाहुरी र वर्षाले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको भन्दै स्थानीय विदाबाट कट्टी हुने गरी नगरपालिकाका विद्यालय सन्चालन नभएको कावासोती नगरपालिकाको शिक्षा शाखाले… पुरा पढौ

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा पेश

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको छ । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अन्तक्र्रियामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोहि जानकारी दिएका हुन् । उनले आयोगकै प्रतिवेदनमा टेकेर सङ्घीय शिक्षा विधेयक ल्याउन पनि काम भइरहेको जनाउँदै आगामी १० वर्षभित्र सामुदायिक विद्यालयलाई गुणात्मक फड्कोसहित रुपान्तरण गरिने बताएका हुन् । सङ्घीय शिक्षा विधेयकले केन्द्र, प्रदेश र स्थानीय तहका शिक्षाका एकल… पुरा पढौ

सभामुख महरा किन पुगे पाटन हस्पिटलमा ?

सभामुख कृष्णबहादुर महरा पाटन हस्पिटलमा पुगेका छन् । पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद बर्मन बुढा मगरको स्वास्थ्य अवस्था बुझ्नको लागी सभामुख हस्पिटल पुगेका हुन् । थबाङ (रोल्पा) का अग्रज कम्युनिष्ट नेता बुढामगरसँगै सभामुख महरा तत्कालिन जनमोर्चा नेपालको तर्फबाट ०४८ को प्रतिनिधि सभामा विजयी भएका थिए। थबाङलाई तत्कालिन माओवादीको किल्ला बनाउन भूमिका खेलेका पूर्व सांसद बुढामगरलाई माओवादी नेताहरुले निकै श्रद्धाका साथ व्यवहार गर्ने गरेका छन्। शुक्रबार बिहान पाटन हस्पिटल ललितपुर पुगी महराले… पुरा पढौ

१ वर्षमा १० पत्रकारको हत्या, नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्कँदो

मे ३ विश्वभर २६ औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ। नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो। प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तको समीक्षा, प्रेस स्वतन्त्रताका अवस्थाको मूल्यांकन, प्रेस स्वतन्त्रता उल्लङ्घन विरुद्ध आवाज उठाउने र आफ्नो दायित्व बहन गर्ने क्रममा ज्यान गुमाउने पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वभर प्रेस स्वतन्त्रता… पुरा पढौ

पोखराको मौषम डरलाग्दो, सतर्क र चनाखो बनौं

पोखराको मौषममा एक्कासी परिवर्तन आएको छ । बिहान उज्यालो हुने वित्तिकै निकै खुलेर घाम लागेको थियो । तर यो समाचार तयार पार्दा मौषम परिवर्तन भइ निकै डरलाग्दो अन्धकारमय भएको छ । मेघ गर्जन पनि शुरु भएको छ । मौषमविदका अनुसार अबको ३/४ दिन निकै सतर्क हुनुपर्नेछ । यसैबीच भारतमा सक्रिय रहेको चक्रवात ‘फानी’हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।… पुरा पढौ

बाबुराम भट्टराईको पहलमा ४ पार्टीको एकता प्रयास

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चलिरहेको एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ती पार्टीलाई पनि सहभागी गराउने प्रयास भएको छ । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइको पहलमा चारै पार्टीका शीर्ष नेताहरुको छलफल नयाँ शक्ति पार्टीको कार्यालय बबरमहलमा बिहीबार भएको छ । बैठकले एकीकरणको खाका तयार पार्ने जिम्मा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईलाई दिइएको छ । फोरम र नयाँ शक्तिबीचको एकता प्रक्रिया सकारात्मक भएपछि राजपा… पुरा पढौ

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण ९ निर्णयहरू

सरकारले यहि वैशाख १७ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरेको छ ।  सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सिंहदरबारमा आयोजी पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रीपरिषद बैठकले सबै स्थानीय तहमा सब नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसनसफ्टवेयर लागू गर्ने निर्णय गरेको छ । त्यस्तै दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना (२५ मे.वा.), फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति, महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि वन क्षेत्र प्रयोग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं