ताजा समाचार

वैशाख २० गते २०७६

बाबुराम भट्टराईको पहलमा ४ पार्टीको एकता प्रयास

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चलिरहेको एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ती पार्टीलाई पनि सहभागी गराउने प्रयास भएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइको पहलमा चारै पार्टीका शीर्ष नेताहरुको छलफल नयाँ शक्ति पार्टीको कार्यालय बबरमहलमा बिहीबार भएको छ । बैठकले एकीकरणको खाका तयार पार्ने जिम्मा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईलाई दिइएको छ ।

फोरम र नयाँ शक्तिबीचको एकता प्रक्रिया सकारात्मक भएपछि राजपा र जनमुक्ति पार्टी पनि सँगै छलफलमा बसेका हुन् । बैठकमा नेता भट्टराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीका नेताहरु सहभागी थिए ।