ताजा समाचार

वैशाख २० गते २०७६

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा पेश

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको छ ।

शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अन्तक्र्रियामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोहि जानकारी दिएका हुन् ।

उनले आयोगकै प्रतिवेदनमा टेकेर सङ्घीय शिक्षा विधेयक ल्याउन पनि काम भइरहेको जनाउँदै आगामी १० वर्षभित्र सामुदायिक विद्यालयलाई गुणात्मक फड्कोसहित रुपान्तरण गरिने बताएका हुन् ।

सङ्घीय शिक्षा विधेयकले केन्द्र, प्रदेश र स्थानीय तहका शिक्षाका एकल र साझा अधिकारका सूचीबारे उल्लेख गर्नेछ । उच्च शिक्षाका लागि अलग्गै नयाँ कानून आउने मन्त्री पोखरेलले जानकारी दिए । आयोगले समाजवादोन्मुख मुलुकका लागि शिक्षामा रुपान्तरण र सुझावका विषय समेटिएका छन् ।

आगामी १० वर्षमा निजी विद्यालय बन्द हुन्छ त ? भन्ने प्रश्नमा मन्त्री पोखरेलको निजी विद्यालयलाई बन्द गरेर मात्रै सामुदायिक विद्यालयको स्तरमाथि नउठ्ने भन्दै निजी विद्यालय सेवामुखी धारमा सञ्चालित हुनुे प्रतिक्रिया दिएका छन्।