आगामी आव इतिहासकै तीब्र विकासको वर्ष: राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्ष नेपालको इतिहासकै तीव्र विकासको बर्ष हुने बताएकी छन् ।

सरकारका तर्फबाट संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् । उनले समृद्धिका लागि गत बर्ष उपलव्धि र उत्साहवद्र्धक रहेको भन्दै पहिलो बर्ष सुशासन र सम्बृद्धिको आधार तय भएको बताइन् ।

नीति तथा कार्यक्रममा अव सरकार सबैसँग सहकार्य गर्दै सवै क्षेत्रहरुमा उत्कृष्ट उपलव्धि हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख छ ।

त्यस्तै नीति तथा कार्यक्रममा सरकारले लिएको राष्ट्रिय अभियानमा सवै राजनीतिक दल र सरोकारवालाहरुको साथ, सहयोग र सहकार्यका लागि आह्वान गरेको छ । अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदलाई प्रभावकारी बनाइने छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं