ताजा समाचार

वैशाख २० गते २०७६

अत्याधिक हावाहुरीका कारण विद्यालयहर बन्द

अहिले अत्याधिक हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयहरु बन्द गरिएको बताए।

कावासोती नगरपालिकाका सबै विद्यालय बन्द भएका छन्। ठूलो हावाहुरी र वर्षाले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको भन्दै स्थानीय विदाबाट कट्टी हुने गरी नगरपालिकाका विद्यालय सन्चालन नभएको कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो स्थानीय तहमापनि विद्यालय बन्द गरिएको सम्बन्धित शिक्षा शाखाहरुले जनाएका छन्।

कावासोतीमा बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ। पूर्वी नवलपरासीमा रहेको मौसम पूर्वानुमान शाखाका अनुसार कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ। हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।