ताजा समाचार

वैशाख २० गते २०७६

पोखराको मौषम डरलाग्दो, सतर्क र चनाखो बनौं

पोखराको मौषममा एक्कासी परिवर्तन आएको छ । बिहान उज्यालो हुने वित्तिकै निकै खुलेर घाम लागेको थियो । तर यो समाचार तयार पार्दा मौषम परिवर्तन भइ निकै डरलाग्दो अन्धकारमय भएको छ । मेघ गर्जन पनि शुरु भएको छ ।

मौषमविदका अनुसार अबको ३/४ दिन निकै सतर्क हुनुपर्नेछ ।

यसैबीच भारतमा सक्रिय रहेको चक्रवात ‘फानी’हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘फानी’ बारे अपडेट जारी गर्दै विभागले बिस्तारै उत्तर पूर्वी दिशातर्फ अघि बढिरहेको उल्लेख गरेको छ । शुक्रबारदेखि यो प्रणाली ओडिसाको तटीय क्षेत्रमा भित्रिने महाशाखाको भनाई छ । त्यसपछि फेरि यो प्रणाली उत्तर पूर्वी दिशाातर्फ जाने क्रममा कमजोर बन्दै जानेछ ।

चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा शुक्रबार र शनिबार मौसम प्रभावित हुने भएको छ । जसका कारण पूर्वी र मध्य क्षेत्रमा मेघगर्जन/चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यमखालको बर्षा हुन सक्ने संभावना रहेको छ ।
आइतबारदेखि मात्रै देशभरको मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ ।