ताजा समाचार

वैशाख २२ गते २०७६

मुद्दा जिताइदिन्छु भनी घुस लिने पक्राउ

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्णकुमार पाठकलाई नियन्त्रणमा लिएको छ ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पाठकलाई सेवाग्राहीसँग ३ लाख घुसबापतको रकम लिदै गर्दा पक्रेको हो ।

पाठकलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।