मुख्य समाचार

महराले नै गरेका हुन् त यस्तो धम्कीपूर्ण ट्वीट ?

रोशनी प्रकरण मा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले जेल भित्रको कष्टपुर्ण भोगाई हरू लाई एकपछी अर्को ट्वीट गर्दै सार्वजनिक गरिरहेका छन् । उनले ट्वीट गर्दै यस्तो भनेका छन्, ‘गत २४ घन्टा मेरा लागि चुनौतीपूर्ण भए। घरमै पुलिस आएर समातेर लान खोजे। पैसा र पावरले कुरा सामसुम बनाउन खोजेको सकिएन। अध्यक्ष दुबै नै म बिरुद्ध लागेको भान भएको छ।’ उबेला जुँगा मुठे नानीका बाको फन्ड म्यानेजर भएर यत्रो सहयोग… पुरा पढौ

महराको सभामुख निवास खानतलासी, भाँचिएको चश्माको व्यापक खोजी

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख भवन बालुवाटार लगेर उनकै उपस्थितिमा प्रहरीले घर खानतलासी गरिएको खबर प्राप्त भएको छ । महरा पक्राउ परेको असोज १९ गते राति नै प्रहरी उनलाई लिएर खानतलासी गर्न बालुवाटारस्थित सभामुख निवास गएको थियो। केही घन्टाअघि मात्र उनलाई त्यही निवासबाट पक्राउ गरिएको थियो। पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा केही बेर राखेपछि उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो। त्यहाँबाट सिधै बालुवाटार लगेर प्रहरीले सभामुख निवास खानलतासी गरेको… पुरा पढौ

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कांग्रेसले पनि स्वागत गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सी जिनपिङको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै… पुरा पढौ

वडाध्यक्षकी श्रीमती अधिकृतसंग सल्किएपछि….

कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडी तथा सञ्जु शर्मा विरुद्ध परेको विवाहेत्तर सम्बन्धको उजुरीमा दुबै जना पक्राउ परेका छन्। शर्माका पति तथा बेलौरी नगरपालिका ४ का वडा अध्यक्षले दिएको उजुरीका आधारमा ऐडी र शर्मा पक्राउ परेका हुन्। कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडी विरुद्ध परस्त्रीसंग सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी परेको थियो।  मालपोत कार्यालय बेलौरीमा कार्यरत ऐडी तथा आफ्नी पत्नी सञ्जु शर्मा ढकाल बिच… पुरा पढौ

जहाँ-जहाँ सी जान्छन् त्यहाँ-त्यहाँ सडक टालियो, नक्कली पार्क बनाइयो

हामी क्षणिक खुशीमै दंग हुन्छौं । हामीलाई यस्तै बानी परेको छ । किनकि नेपालमा सरकार फेरिइरहने अनि आफ्नो कार्यकालमा जे आइपर्छ त्यही समस्या टार्ने सरकारको बानी छ ।  अहिले त बलियो बहुमतको सरकार छ । जसलाई उसैले नचाहेसम्म कसैले पनि पाँच वर्षसम्म ढाल्न सक्दैन । तर दुई वर्ष हुन लागिसक्यो केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको । अहिलेसम्म यो काम दीर्घकालीन रुपले अगाडि बढिरहेको छ भन्ने छैन । जनताले ढुक्क… पुरा पढौ

चीनले भन्योः राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक

नले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ, जसमा ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कको नयाँ खाका समेत छ । राष्ट्रपति सी २५ गते शनिबार नेपाल आउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन अनौपचारिक सम्मेलन गरेर उनी भारतबाट नेपाल आउने छन् । राष्ट्रपति तहमा यो चीनबाट २३ वर्षपछि पहिलो पटक हुन लागेको नेपाल भ्रमण हो । भ्रमणअघि चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा भनेका छन्, ‘यो ऐतिहासिक भ्रमण हो… पुरा पढौ

सी चीनफिङको स्वागतमा तयारी तीव्र, के के हुँदैछ, के भयो ?

चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ ।… पुरा पढौ

प्रहरी हवल्दारले नै दुई बालक अपहरण गर्न खोज्दा…

धनुषाको सिमावर्ती क्षेत्रमा प्रहरीले दुई जना बालकलाई (अपहरण) हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछि स्थानीयवासीआक्रोशित बनेका छन् । मङ्गलवार करिब ११ बजे नगराइन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षीय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर  मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया–बिर्ताको मोडिमा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएका भन्दै आक्रोशित भएका हुन् । हवल्दार ठाकुरले बिजय र ११ वर्षीय राजकुमार मण्डललाई हत्कडी लगाएर भारत तर्फ लग्न खोजेको… पुरा पढौ

पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओली

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउनेछन् । सीको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेका हुन् । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ । पुरा पढौ

सुन्दर पोखरालाई गिज्याउँदै ‘स्वागत गेट’ (फोटो फिचरसहित)

पोखरा सुन्दर नगरी हो भन्ने गरिन्छ । यहाँको सौन्दर्य हेर्न लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । यी पर्यटकमध्ये धेरैजसो पृथ्वीराजमार्ग नै भएर पोखरा भित्रिन्छन् । पर्यटक तथा समग्र पोखरा भित्रिने नेपाली नागरिकलाई पोखरा महानगरपालिकामा हार्दिक स्वागत छ र पोखरा भ्रमण गर्नुभएकोमा धन्यवाद भनेर लेखिएको स्वागत गेटले पोखरालाई गिज्याइरहेको छ । पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ शब्द हटाएर पोखरा महानगरपालिका मात्र भएको लामो समय भैसकेको छ । तर पोखरा र तनहुँको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं