ताजा समाचार

मंसिर ४ गते २०७६

चोरी भएको डिजेल ट्यांकर धनुषामा रित्तो फेला

मंसिर २ गते राती सरहाको लहानबाट अज्ञात समूहले बेपत्ता गरेको तेल ट्यांकर धनुषामा फेला परेको छ ।

१९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेलसहित सिरहाबाट चोरी भएको डिजेल बोकेको ट्यांकर धनुषाको क्षिरेश्वरनाग नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा रित्तो फेला परेका हो ।

अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिरहाको लहानबाट आइतबार मध्यरातमा चालक रामदेव यादव र सहचालक उमेश यादवको आँखामा कालोपट्टी बाँधेर अज्ञात समूहले अपहरण गरेको बताइएको थियो ।

टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।