मरेको कुखुराको मासु खाँदा १ को मृत्यु, ९ बिरामी


बैतडीमा मरेको कुखुराको मासु खाँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिका २ जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। आइतबारदेखि परिवारका १० जना बिरामी परेको र बिरामी मध्ये १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान मृत्यु भएको स्थानीय केशव पन्तले जानकारी दिएका छन् ।

बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन् । ७० वर्षीय पार्वतीबाहेक सबै बिरामी भएका हुन्।

मासु खाएपछि बिरामीहरुमा बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो। बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिएपनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगेको पन्तले बताएका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं