कांग्रेस नेताबिच सडकमै कुटाकुट


नेपाली कांग्रेसका दूई नेताबिच आज बिहान विरगञ्जमा कुटाकुट भएको छ ।

कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगञ्ज नगर सभापति भोला कलवारबीच स्थानीय आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि सडकमै कुटाकुट भएको हो ।

शुरुमा एक अर्काबीच गाली गलौज भए पनि अन्ततः हानाहानमा उत्रिएका थिए । नेता ओमप्रकाश शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकारेका छन् । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।

कुटपिटका क्रममा नाकबाट रगत बगेको उनीहरुलाई स्थानीयले छुट्टाएका थिए।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं