बैतडीका वडा अध्यक्ष मृत फेला


बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत फेला परेका छन ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा बिजय भएका ५७ वर्षिय चन्द मंगलवार स्थानीय धुरा जात्रामा मेला हेर्न गएका थिए ।

गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले सँगै मेला हेरेर बेलुकी ६ बजे छुट्टिएका उनि टाउकोमा घाउ भएको अवस्थामा बुधवाबार विहान ११ बजे वडा नम्बर ४ को कडैगैरमा मृत अवस्थामा फेला परेको बताएका छन ।

घटना बारे विस्तृत अनुसनधान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं