मुख्य समाचार

साधुशन्तका जन्ती स्वागत गर्न राष्ट्रपति जनकपुरमा

रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम जाँदै छिन् । उनी बिहान पौने ११ बजे नेपाली सेनाको हेलिक्पटरले जनकपुरधाम पुग्ने कार्यक्रम छ ।जनकपुर स्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेपनि राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम छ । त्यसपछि भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुशन्तको जन्तीलाई स्वागत तथा साम्बोधन गर्न एतिहासिक रंगभूमि मैदान बाह्रविघा बाह्रविघा पुग्ने कार्यक्रम रहेको जनाइएको छ।आइतबार हुने… पुरा पढौ

नेकपाका उम्मेद्वारको घर नजिकै बम बिस्फोट

महोत्तरीमा नेकपाका उम्मेद्वारको घर नजिकै बम बिस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घर नजिकै प्रेसरकुकर बिस्फोट भएको हो । बिस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको तर कुनै मानविय क्षति भन नभएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी उक्त स्थान पुगेर अनुसन्धान गरिरहेको छ । बिस्फोट कसले गरायो भन्ने खुलेको छैन तर मंसिर १४ मा सोही गाउँपालिकामा उपनिर्वाचन हुँदैछ । चुनावको संघारमा… पुरा पढौ

शल्यक्रियापछि यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’ यसअघि… पुरा पढौ

उपचुनावमा कुन गाडी चल्छन्, कुन चल्न पाउँदैनन् ?

मंसिर १४ गते शनिबार कास्की २ मा उपचुनाव हुँदै छ । पोखरा महानगरका ११ वटा वडामा हुने चुनावको मौन अवधि सुरु भइसकेको छ । यो अवधिमा प्रचारप्रसार गर्न पाइँदैन । पोखरा महानगरले यो क्षेत्रमा पर्ने २९ सार्वजनिक स्कुलमा ३ दिन बिदा दिइसकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना निकालेर १३ गते राति १२ बजेदेखि १४ गतेसम्म निर्वाचन हुने क्षेत्रमा सवारी चलाउन नपाइने जनाएको छ । यो अवधिमा एम्बुलेन्स, दमकल,… पुरा पढौ

‘नेपालीका लागि नेपाली’अभियानबाट निकालिए ज्ञानेन्द्र

‘नेपालीका लागि नेपाली’ अभियानले आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई कारबाही गरेको छ । संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको नेपालीका लागि नेपाली अभियानले केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । अब देखि शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ । पुरा पढौ

अर्घाखाँची बस दुर्घटनामा १९ को मृत्यु, ११ को सनाखत

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका९२ झिर्राका ३७ वर्षीय… पुरा पढौ

चुनावी सभा भइरहेको स्थाननजिकै विष्फोट

पोखरामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा सत्तारुढ नेकपाको चुनावी सभा चलिरहेको बेला नजिकै बम बिस्फोट भएको हो । नेकपाको चुनावी सभामा भाग लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बामदेव गौतम, सुवास नेम्बाङलगायतका नेताहरु पोखरा पुगेका थिए । सभामा नेता नेम्बाङले सम्बोधन गरिरहेको अवस्थामा Aविस्फोट भएको थियो । विस्फोटबाट मानवीय क्षति नभएको र पार्किङमा रहेको ग १ ख… पुरा पढौ

‘नागरिकको आस्था र भरोसाको केन्द्र प्रहरी कार्यालय’

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले कुनै पनी प्रहरी कार्यालय फगत एक प्रहरी कार्यालय मात्र नभई आम नागरिकको आस्था र भरोसाको केन्द्र समेत भएको बताएका छन्। गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-०१ स्थित प्रहरी चौकी बारपाकको नव निर्मित प्रहरी भवनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै नेपाल प्रहरीप्रती आम नागरिकको यस्तो अमुल्य विश्वास एवम् भरोसालाई जिवितै राख्न प्रहरी संगठनले समेत सांगठनिक शुद्धिकरण र… पुरा पढौ

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले जानकारी दिएका छन् । घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पु¥याइएको स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्य सहायक अमर बुढाले बताए । “एकाइमा पु¥याउँदा बेहोस नै हुनुहुन्थ्यो, साल निकालेपछि रगत पनि रोकियो, घाम… पुरा पढौ

प्रधानमन्त्रीलाई एपेन्डीसाइटिसको अपरेसन गरिने

अचानक पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। प्रधानमन्त्री ओली मंगलबार बिहानै त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो थोरासिक, भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्। प्रधानमन्त्रीलाई एपेन्डिसाइटिसको लक्षण देखिएकोले शल्यक्रियाको तयारी सुरु गरेको उपचारमा संलग्न चिकित्कसकहरुले बताएका छन् । मिर्गौैला रोगबाट पीडित प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गराएका थिए। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं