अचानक पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
प्रधानमन्त्री ओली मंगलबार बिहानै त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो थोरासिक, भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिसको लक्षण देखिएकोले शल्यक्रियाको तयारी सुरु गरेको उपचारमा संलग्न चिकित्कसकहरुले बताएका छन् ।
मिर्गौैला रोगबाट पीडित प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गराएका थिए।






