‘नेपालीका लागि नेपाली’अभियानबाट निकालिए ज्ञानेन्द्र

‘नेपालीका लागि नेपाली’ अभियानले आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई कारबाही गरेको छ ।

संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको नेपालीका लागि नेपाली अभियानले केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

अब देखि शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।