नेकपाका उम्मेद्वारको घर नजिकै बम बिस्फोट

महोत्तरीमा नेकपाका उम्मेद्वारको घर नजिकै बम बिस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घर नजिकै प्रेसरकुकर बिस्फोट भएको हो । बिस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको तर कुनै मानविय क्षति भन नभएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी उक्त स्थान पुगेर अनुसन्धान गरिरहेको छ । बिस्फोट कसले गरायो भन्ने खुलेको छैन तर मंसिर १४ मा सोही गाउँपालिकामा उपनिर्वाचन हुँदैछ । चुनावको संघारमा भएको बिस्फोटपछि स्थानीय त्रसित बनेका छन् ।