चुनावी सभा भइरहेको स्थाननजिकै विष्फोट

पोखरामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा सत्तारुढ नेकपाको चुनावी सभा चलिरहेको बेला नजिकै बम बिस्फोट भएको हो ।

नेकपाको चुनावी सभामा भाग लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बामदेव गौतम, सुवास नेम्बाङलगायतका नेताहरु पोखरा पुगेका थिए । सभामा नेता नेम्बाङले सम्बोधन गरिरहेको अवस्थामा Aविस्फोट भएको थियो ।

विस्फोटबाट मानवीय क्षति नभएको र पार्किङमा रहेको ग १ ख ८८९१ नम्बरको बसको पछाडिको भागमा क्षति पुगेको छ ।

विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।