साधुशन्तका जन्ती स्वागत गर्न राष्ट्रपति जनकपुरमा

रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम जाँदै छिन् ।

उनी बिहान पौने ११ बजे नेपाली सेनाको हेलिक्पटरले जनकपुरधाम पुग्ने कार्यक्रम छ ।जनकपुर स्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेपनि राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम छ ।

त्यसपछि भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुशन्तको जन्तीलाई स्वागत तथा साम्बोधन गर्न एतिहासिक रंगभूमि मैदान बाह्रविघा बाह्रविघा पुग्ने कार्यक्रम रहेको जनाइएको छ।
आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेका छन् ।

धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट साधुसन्त रामको जन्ती बनेर जनकपुर आउने गर्छन्।