५ वर्षसम्म ओली नै प्रधानमन्त्री हुने सहमती

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामन्त्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।